संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई, लिपुलेक, कालापानी र लिम्पियाधुराबारे छलफल गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संसदीय समितिले बोलायो प्रधानमन्त्रीलाई, लिपुलेक, कालापानी र लिम्पियाधुराबारे छलफल गर्ने


२४ कार्तिक २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको छ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग (लिपुलेक, कालापानी र लिपियाधुरा) पारेको बारे छलफल गर्न सोमबारको बैठकमा बोलाएको हो ।

नेपालमा भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग पारेको भन्दै बिरोध भइरहेका बेला भारतले भने आफ्नो नक्सामा नेपाली भूभाग नरहेको दाबी गर्दै आएको छ । तर नक्सामा नेपाली भूभाग उल्लेख गरेको छ ।

भारतको नयाँ जारी भएको नक्साबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ ।

सोमबार प्रधानमन्त्री ओलीसहित आवद्ध सरोकारवाला पक्षसँग भारतीय नक्साबारे समिति बैठकमा छलफल गरिने बताइएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नक्साबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग रहेको निर्षकर्ष निस्केको थियो । सबै दलका नेताहरुले लिपुलेक नेपालकै हो भन्दै नेपाली भूमी फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस