अच्छा पडोसी बन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अच्छा पडोसी बन


२४ कार्तिक २०७६, आइतबार


बस्छु उच्च हिमालको हृदयमा सुखी म छु शान्त छु
किन्तु दन्दनी बल्छ जल्छ मन यो माटो गयो श्रान्त छु
कैले पस्तछ दशगजा मिचिमिची “कैसा पडोसी” अहो !
कैले तश्विर कोर्छ बोल्छ हठले “बोलो न तुम चुप् रहो”

कस्तो छुद्र छिमेकी सांध मिचुवा कस्तो तिमी दुर्मती
गर्छौ दुस्मनी व्यर्थ दुष्ट मनले बिर्स्यौ कि त्यो हुर्मती
तिम्रो पौरुष झुक्दथ्यो गली गली बढ्थ्यो फिरङ्गी अघि
तिम्रो सौर्य ती आङ्ग्लको दनकले झर्थ्यो बलेनी सरी

मेरो शीर झुकेन मस्तक सधै लत्रेन ठाडो रह्यो
तिम्रो दम्भ अडेन सख्त बुटले कुल्चेर सातो गयो
मेरो देश स्वतन्त्र सर्वभौम यो झन्डा फिर्‍यो फर्फरी
तिम्रो ध्वज बचेन शासक ठूलो रुन्थ्यौ कठै धर्धरी

ठूलो हुन्न भूगोलले र धनले हुदैन भण्डारले
ठूलो हुन्न नि दम्भले जमिनले हुँदैन हुङ्कारले
ठूलो मान्दिन मान्छु शान्त मनले तिम्रो बराबर मछु
मेरो सांध म लिन्छु छाड हठ त्यो देख्दिन बाटो कछु

एक्लै वस्दछु हाँस्छु खुसी मनले यो माटोमै रम्दछु
माटो सक्दिन छाड्न भित्री मनले “सुन्लो” म यो भन्दछु
आफ्नै पौरख खाऊ छाड हठ त्यो “अच्छा पडोसी” बन
सक्दै सक्दिन हेपिई रतिभरी मान्दैन मेरो मन

प्रतिक्रिया दिनुहोस