‘अकुपाइ टुँडिखेल’ : तीन हजार जनाको मानव साङ्लोले घेरियो टुँडिखेल « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

‘अकुपाइ टुँडिखेल’ : तीन हजार जनाको मानव साङ्लोले घेरियो टुँडिखेल


२३ कार्तिक २०७६, शनिबार


काठमाडौं । अतिक्रमित टुँडिखेल बचाउन मानव साङलोले टुँडिखेल घेराउ गरिएको छ । सरकारलाई टुँडिखेल बचाउने दबाब दिन विश्व स्वतन्त्र दिवसमा ‘अकुपाइ टुँडिखेल’ नाम दिइएको अभियानमा तीन हजार जनाको मानव साङ्लो बनाई टुँडिखेल घेराउ गरिएको हो ।

शनिबार बिहान टुँडिखेल बचाउ अभियानअन्तर्गत नागरिक अभियन्ताहरुले साँस्कृतिक झाँकीसहित टुँडिखेल घेराउ गरेका हुन् ।

सरकार र सेनाबाट भइरहेको अतिक्रमणलाई रोक्न सचेतना अभियानको सुरुवात गरेको अभियन्ताको भनाइ छ । अभियानको पहिलो प्राथमिकता टुँडिखेलमा रहेको अस्थायी संरचना हटाउनु रहेको बताए।

अभियन्ताहरुले टुँडिखेललाई खुल्ला पार्क बनाउनु पर्ने धारणा  राखेका छन्।

संविधानको धारा ४८ (३) मा सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने कर्तव्य भएकाले अभियन्ताहरुले सो कर्तव्यको पालना गरेको बताए ।

अभियानमा नागरिक समाज, विद्यार्थी, कलाकार, राजनीतिक पार्टी तथा जनप्रतिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस