भरतपुर अस्पतालमा बिरामी कुरुवाले गरे आत्महत्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भरतपुर अस्पतालमा बिरामी कुरुवाले गरे आत्महत्या


२३ कार्तिक २०७६, शनिबार


काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एक बिरामी कुरुवाले आत्महत्या गरेका छन् । बिरामी कुरुवा लमजुङ्का विष्णु सुनारले अस्पतालको मेडिसिन विभाग नजिक रहेको भर्‍याङमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

लमजुङ्को दुधपोखरी गाउँपालिका –२ स्थायी घर भएका सुनार झुण्डिएको अवस्थामा शुक्रबार राति करिब ८ बजे फेला परेको प्रहरीले जनाएको छ ।

सुनार तीन महिना अगाडी सुत्केरी भएकी श्रीमतीको मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते भरतपुर अस्पताल आएको जनाइएको छ ।

उनको आत्महत्यको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको र शनिबार डिस्चार्ज हुने तयारी रहेको अस्पताल स्रोतले जनाएको छ ।

घटनाबारे प्रहरीले मचुल्का उठाई अनुसन्धान थालेको र शव अस्पतालको शवगृहमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस