विद्यार्थीले जलाए भारतको विवादित नक्सा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यार्थीले जलाए भारतको विवादित नक्सा


२२ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा नेविसंघका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै विवादित नक्सा जलाएका छन् ।

भारतको विरोधमा नेविसंघका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुससमेत निकालेका थिए । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस