भारतसँग कूटनीतिक तवरबाट समाधान निकाल्न नेता खनालको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतसँग कूटनीतिक तवरबाट समाधान निकाल्न नेता खनालको आग्रह


२१ कार्तिक २०७६, बिहिबार


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गर्दै अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘नेपालको पश्चिमोत्तर सिमाना सुगौली सन्धिले नै निर्धारण गरिसकेको छ । त्यो सिमाना चलाउने कसैलाई पनि अधिकार छैन’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ नेपालको सिमाना स्पष्टतः महाकाली नदीबाट निर्धारित भइआएको छ ।

महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको कालीनदी (कुटी याङ्दी) हो । त्यसपूर्वका नापी, गुञ्जी र लिपुलेकलगायत भूभाग नेपाली भूभाग हुन् ।’ भारतले सार्वजनिक गरेको भनिएको नक्शामा नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक आफ्नो भूमि राखी सार्वजनिक गरेपछि त्यसको विराध हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस