बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो


२१ कार्तिक २०७६, बिहिबार


बैतडी । बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ । भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि राखिएको विरोधमा कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो ।

स्थानियले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुतला दहन गरेका राजेश धामीले जानकारी दिए । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।

भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ । भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस