अखिल र नेविसंघको एउटै नारा : ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अखिल र नेविसंघको एउटै नारा : ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन


२० कार्तिक २०७६, बुधबार


काठमाडौं ।  विद्याथी संघसंगठनले भारतीय नक्सामा कालापानी र लिपुलेक समेटेको विरोधमा प्रदर्शन गरेका छन्। ‘गो ब्याक इन्डिया’को नारा लगाउँदै अनेरास्ववियु र नेवि संघले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोध प्रदर्शन गरेका हुन्। अखिलले दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा गई सभामा परिणत भएको थियो ।

प्रदर्शनमा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गरे ।

उनले सरकारलाई कूटनीतिक पहलबाट भारतीय नक्सामा नेपालको भूमि मिचिएका बारेमा छिटो पहल गर्न आग्रह गरे । सभामा अखिलका सहसंयोजक रञ्जित तामाङले भारत छिमेकी मुलुक भए पनि पटकपटक नेपाली सीमा अतिक्रमण गर्ने गरेकाले मान्य नहुने बताए । उनले नेपालको भूमि मिचिएको भारतले बनाएको नक्सा सच्याउनुपर्ने माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस