२० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी बलका निरीक्षक कार्कीविरूद्ध मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी बलका निरीक्षक कार्कीविरूद्ध मुद्दा


२० कार्तिक २०७६, बुधबार


अख्तियार

काठमाडौं । बीस हजार घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक रबिन्द्र कार्कीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सशस्त्र प्रहरी बल बिओपी भजनी कैलालीका प्रहरी निरीक्षक कार्कीसहित तीन जनाविरूद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सजाय माग गरी तीनै जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

घुमुवा प्रहरी खटाएर भारतबाट मालसामान क्यारिङ गर्नेबाट कार्कीले घूस उठाउने गरेको अख्तियारको दावी छ। केही समयअघि भन्सार शुल्क तिरिसकेपछि पनि सेवाग्राहीबाट बीस हजार घुस लिएको अवस्थामा प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर चौधरी र हवल्दार रतिराम चौधरीलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो।

उनीहरूले बयानमा कार्कीको नाम बोलेका थिए।सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र कार्की आदेशमा सेवाग्राहीबाट मालसामान ओसारपसारको काम सहज गराइदिने भनी घुस लिएको बयान दुवैले दिएका थिए।

यस्तै, सशस्त्र प्रहरी बल, बेस क्याम्प सेमरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानेन्द्र कुमार मौर्यविरूद्ध पनि अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस