राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा र चुनौती « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा र चुनौती


१९ कार्तिक २०७६, मंगलबार


  • ‘Freedom from want and Freedom from fear’
  •  राज्यका जनता एवं नागरिकहरुमा डर, भय, त्रास, दरिद्रता र गरिबीबाट उन्मुक्तिको अनुभूति र प्रत्याभूति गराउनुनै सुरक्षा हो । ‘अभाव र भयबाट मुक्ति’ जस्ता पक्षबाट नागरिकहरुको हित र जीवनको संरक्षण गर्नु सुरक्षा हो ।
  •  सुरक्षाले भोक, रोग र गरिबीको चुनौतीबाट मुक्तिको माग गर्दछ जसको कारण गरीब मुलुकहरु अनवरत रुपमा सोसँग सामना गरिरहेका छन । राजनीतिक अस्थिरताको जोखिम र दैनिक जीवनमा आइपर्ने आकस्मिक तथा हानिकारक व्यवधानहरुबाट व्यक्ति तथा समुहको बचाउ एवं संरक्षणको अवधारणालाई समेत सुरक्षा दृष्टिकोणमा थप गरिएको छ ।
  •  ‘सुरक्षा कसका लागि ?’, ‘कस्तो खालको सुरक्षा ?’, ‘कस्ता चुनौतीबाट सुरक्षा ?’ र ‘कुन उपायबाट सुरक्षा ?’ जस्ता विषयहरुसँग सम्बन्धित कैयौं प्रश्नहरु उठ्ने गरेका छन् । यस्ता प्रश्नका उत्तरहरु सुरक्षाका विभिन्न परिभाषा र अवधारणाहरुमा भर पर्ने भएकोले यसको सर्वसम्मत परिभाषा भएको पाइदैन ।
  •  मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वभिमान र राष्ट्रिय स्वाधिनताको रक्षा, आर्थिक, सामाजिक, बातावरणिय एवं साँस्कृतिक तत्वहरुको जर्गेना तथा अन्तराष्ट्रिय सम्बन्ध, कुटनीति, आर्थिक साझेदारितामा छिमेकीका अपेक्षाहरुसँग सन्तुलन मिलाउँदै राष्ट्रिय स्वार्थको संरक्षण गर्नु राष्ट्रिय सुरक्षा व्यवस्थापन हो ।
  •  राज्यको आर्थिक सबलीकरण, संरचना, स्वतन्त्रता र शासन व्यवस्थाको सुरक्षा, मानव जीवनको अस्तित्व मात्र नभइ बाँच्न लायक जीवनका लागि अपरिहार्य शर्त र अन्ततः मानव हित र आत्मसम्मानको प्रर्वदन, विभेद, दमन, नरसंहार, जातीसंहार, हिंसा जस्ता अपराधको सन्त्रासबाट मुक्ती, बिश्वजगतबाट अहस्तक्षेप, अनाक्रमण तथा सम्मानपूर्ण व्यवहारको अनुभुतीनै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो ।
  •  नेपाली जनतानै राज्यशक्तिका मूल स्रोत र राष्ट्रिय सुरक्षाका प्रमुख हुन ।

अवधारणा :
परम्परागत  :

  •  यथार्थवादी र नवयथार्थवादीहरु सुरक्षाको सन्दर्भ विन्दु राज्यलाई मान्दछन ।
  •  सीमानाको सुरक्षा, शासकहरुको सुरक्षामा जोड
  •  राज्य केन्द्रित सुरक्षा अवधारणाको सिद्धान्त
  •  राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डता राज्यसँग सम्बन्धित दुई पक्ष
  •  राज्यहरुबिचको शक्ति संर्घष, युद्ध एवं राज्यको सुरक्षा सुनिश्चितताका लागि आफ्नो क्षमता विकास (सैन्य या अरु कुनै) ।

आधुनिक :

  •  नागरिकहरुको हित र जीवनको संरक्षण
  •  जन्तालाई सुरक्षाको प्रत्याभुति गराउनु राज्यको कर्तव्य
  •  मानव जीवन स्वतन्त्र र सम्मानपूर्ण बाँच्ने अनुकुलता
  •  मानवका आधारभुत आवश्यकतामा पहुँच वृद्धि (पानी, खाद्यान्न, बासस्थान, स्वास्थ्य, रोजगारी)
  •  व्यक्तीहरुको सुरक्षानै विश्व सुरक्षाको मूल सुत्र
  •  राज्य केन्द्रित सुरक्षाबाट मानव सुरक्षामा जोड
  •  मानव जीवन र मानवीय गरिमा जस्ता विषयहरुमा जोड
  •  ग्लोबल इन्टेलिजेन्स एवं  ICT बेस्ट सेक्यूरिटी
  •  मानव विकास, मानव अधिकार, सार्वजनिक सुरक्षा, द्धन्द्ध समाधान एवं शान्तिको अंग
  •  आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय एवं मानवीय सुरक्षाको अवधारणा

मुख्यत : सुरक्षाको परम्परागत धारणा सेनालाई स्रोत निर्धारणको विशेषाधिकार प्राप्त हुन्छ भन्ने थियो तर आधुनिक मान्यताले सुरक्षाको स्तरको गम्भीरतालाई महत्व दिएको छ । सुरक्षाको केन्द्र राज्य सँगसँगै मानवलाई प्राथमिकता दिएको छ ।

सुरक्षा दृष्टिकोणले हेरिनु पर्ने अत्यावश्यक मुद्दाहरु/तत्वहरु/आयामहरु :

  •  सैन्य सुरक्षा
  •  आर्थिक सुरक्षा
  •  खाद्द सुरक्षा
  •  स्वास्थ्य सुरक्षा
  • वातावरणीय सुरक्षा
  •  राजनीतिक सुरक्षा
  •  सामुदायिक सुरक्षा
  •  वैयक्तिक सुरक्षा

राष्ट्रिय सुरक्षाका चुनौतीहरु :
आन्तरिक :

  •  शासकीय व्यवस्थापनका कारण उत्पन्न चुनौतीहरु
  •  अपराध सृखंलाका कारण उत्पन्न चुनौतीहरु
  •  वर्तमान संविधान सर्वस्विकार्य बन्न नसक्दाका चुनौतीहरु
  •  वातावरणीय क्षयीकरणका कारण उत्पन्न चुनौतीहरु
  •  कुटनीतिक सन्तुलनको अभावबाट उत्पन्न चुनौतीहरु
  •  राजनीतिक प्रतिवद्धताको कमि एवं निष्ठाको कमजोर धरातलबाट उत्पन्न चुनौतीहरु
  •  कानुन व्यवस्था सम्बद्ध चुनौती र खतरा
  •  जनसाँख्यिक असन्तुलनका कारण उत्पन्न चुनौतीहरु
  •  शरणार्थीका कारण उत्पन्न चुनौतीहरु
  •  बसाई सराईका कारण उत्पन्न चुनौतीहरु
  •  सामाजिक आर्थिक चुनौती र खतरा
  •  विपद र प्राकृतिक स्रोतको क्षति सम्बद्ध चुनौती र खतरा
  •  अतिवाद, जातीवादका कारण उत्पन्न हुने चुनौती र खतरा
  •  अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुन रोक्नु
  •  विविधता व्यवस्थापन गर्नु
  •  अराजकतावादको नियन्त्रण गर्नु
  •  मिडियामा भाइरल हुने सँस्कार र त्यस्ले फैलाउने भ्रमको नियन्त्रण गर्नु
  •  पुरातनवादी एवं व्यवस्था विरोधी, संविधान विरोधी शक्तीहरुलाइ नियन्त्रण गर्नु
  •  अव्यवस्थित शहरिकरणको व्यवस्थापन गर्नु
  •  डर, भय, त्रासबाट जनतालाइ मुक्त गर्नु
  •  सीमा सुरक्षा व्यवस्थापन एवं मजबुतीकरण गर्नु
  •  महत्वपूर्ण व्यक्ती एवं प्रतिष्ठानहरुको सुरक्षा र संरक्षण गर्नु
  •  संविधानको सफल कार्यान्वयन एवं संघीयताको सम्बर्दन गर्नु

बाह्य :

  •  आतङ्कवादको नियन्त्रण/निषेध गर्नु
  •  साइवर अपराधको रोकथाम तथा नियन्त्रण गर्नु
  •  संगठीत अपराधको नियन्त्रण गर्नु
  •  सीमानाको सुरक्षा तथा हस्तक्षेप निर्मुल गर्नु
  •  गैर कानुनी प्रवेशमा रोक लगाउनु
  •  महामारी नियन्त्रण एवं गम्भिर रोगहरुको आगमनमै रोकथाम गर्नु
  •  आणविक र रासायनिक हतियारको निषेध
  •  जलवायू परिवर्तनको न्यूनिकरण
  •  विश्वव्यापी गरिबी उन्मुलन गर्नु
  •  विश्वव्यापीकरणबाट हुने बेफाइदा कम गर्नु
  •  कुटनीतिक कौशलताको प्रदर्शन गर्नु
  •  विश्वव्यापी द्धन्द्ध सामाधान एवं शान्ति कायम गर्नु
  •  हस्क्षेप, अनुचित राजनीतिक दवाव
  •  उर्जा संकट आदी ।

सुरक्षा सम्बन्धी विषयमा विस्तृत गहन सार्वजनिक वहसको अभाव खट्किरहेको अवस्थामा विगत केही वर्षदेखि यस्ता बहस प्रारम्भ भएका छन । राष्ट्रिय सुरक्षाका बहुआयामिक कार्यसुची र चुनौतीका विषयमा केन्द्रित रहि सुरक्षा अवधारणामाथि व्यापक बहसको आवश्यकता छ । मानव सुरक्षाको अवधारणाको विकाससँगै राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक र वातावरणीय पक्षलाई समावेश गरी सुरक्षा सम्बन्धी परिभाषा र कार्यसुचीहरुको परिधि व्यापक बनाउँदै लगिएको छ । सुरक्षाको दृष्टिकोण परम्परागत राज्य केन्द्रित अवधारणाबाट मानव केन्द्रित अवधारणामा रुपान्तरित समेत भएको छ ।

नेपालको सन्दर्भमा नेपालमा सुरक्षा नीति आधारभुत रुपमा तदर्थवादी र अपारदर्शी रणनीति र प्रक्रियाद्धारा निर्देशित रहेको आरोप लाग्ने गरेको छ । राष्ट्रिय सुरक्षा नीति निर्माण एवं कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने निकाय राष्ट्रिय सुरक्षा परिषदलाई अध्ययन, अनुसन्धान, नीति निर्माण वा कार्यान्वयनमा लैजाने प्रक्रियामा उपयुक्त कदम चाल्न नसकेको विज्ञहरुको बुझाइ छ । सीमित ज्ञान र उचित विश्लेषणको अभावले गर्दा सुरक्षाका सन्दर्भमा नयाँ अवधारणाको विकास हुन सकेको छैन त्यसैले सुरक्षाभित्र समेटिन आउने विविध विषयलाई सार्वजनिक बहस मार्फत नीति निर्माण तहमा सकारात्मक दबाब पुर्‍याउनु आजको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस