सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने सरकारको तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने सरकारको तयारी


१७ कार्तिक २०७६, आइतबार


काठमाडौं । सरकारले सात वटै प्रदेशको प्रदेश प्रमुख पदमुक्त गरे लगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सात प्रदेश प्रमुख पदमुक्त गरेकी थिइन् ।

उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ ।

तत्कालिन कांग्रेस सरकारले भागबन्डाका आधारमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । प्रदेश प्रमुखमा कांग्रेस, राजपा र समाजवादी फोरमले भागबन्डा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस