महराले जिल्ला अदालत काठमाडौंमा बयान दिँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महराले जिल्ला अदालत काठमाडौंमा बयान दिँदै


१५ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । संसद सचिवालयकै कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो ।

पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस