प्रदेश २ मा आइतबार सार्वजनिक विदा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २ मा आइतबार सार्वजनिक विदा


१५ कार्तिक २०७६, शुक्रबार


जनकपुरधाम । प्रदेश २ ले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । पछिल्लो हप्ता तिहारको लगातार चार दिन विदा रहेको प्रदेशमा आइतबार छठ पर्वको अवसर पारेर प्रदेश सरकारले विदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ । शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै विदा दिँदै आएको थियो । २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो पटक छठ पर्वमा दुई दिन विदा दिएको थियो ।

छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ । शनिबार स्वतः विदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले विदा दिएको छ । यो दिन शनिबारै भएपनि संघीय सरकारले समेत विदा दिएको सूची बनाएको छ ।

प्रदेश २ सरकारले संघीय सरकारले दिएको विदाभन्दा ९ दिन बढी विदा दिने गरी आफ्नो वार्षिक क्यालेन्डर बनाएको छ । संघीय सरकारले २०७६ सालमा १५ दिन विदा दिने सूची बनाएको छ भने प्रदेश २ सरकारले ११ दिने विदाको सूची बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस