मुद्धा मिलाई दिन्छु भन्दै १ लाख १० हजार घुस लिने अदालत कर्मचारीविरुद्ध मुद्दा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुद्धा मिलाई दिन्छु भन्दै १ लाख १० हजार घुस लिने अदालत कर्मचारीविरुद्ध मुद्दा


१५ कार्तिक २०७६, शुक्रबार


अख्तियार

काठमाडौँ । घुससहित पक्राउ परेका जिल्ला अदालत सिरहा कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अदालतका हलुका सवारी चालक व्रिजमोहन यादवविरुद्ध मुद्दा दायर गरेको हो।

उनले अदालतमा विचाराधीन लागु औषधसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी सेवाग्राहीसँग १ लाख १० हजार घुस लिएका थिए। उनलाई सिरहा नगरपालिका वडा नं ७ हस्पिटल चोकस्थित खड्ग होटलबाट रकमसहित अख्तियारले रङ्गेहात नियन्त्रणमा लिएको थियो।

फरार अभियुक्त विरदेव सिंह भन्ने विरीदेव महतोसँग मुद्दा मिलाई दिने बहानामा यादवले घुस लिएका थिए। घुस दिने महतो र लिने यादवलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस