२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डायलाइसिस सकिएकाले प्रधानमन्त्री ओली आजै निवास फर्कन सक्ने

अ+ अ-

काठमाडौं । स्वास्थ्योपचारका क्रममा धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार र आज गरी दुई पटक डायलाइसिस सम्पन्न भएकाले सम्भवतः उनी आजै निवास फर्कने तयारी भएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाबारे बुझ्न अस्पताल पुगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीको स्वास्थ्यावस्था सामान्य रहेको र केहीबेर आराम गरी सम्भवतः आजै अस्पतालबाट घर फर्कने जानकारी दिए।

अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीको भर्खरै डायलाइसिस भएको छ, चिकित्सकले मलाई बताएअनुसार एकैछिन विश्राम गरेर आज बालुवाटार पनि जान सक्नुहुन्छ, उनको हिजो एक चोटि डायलाइसिस भएको थियो, यसलाई पछि गर्नुपर्ने हो होइन त्यो चिकित्सकले नै भन्नुहुनेछ ।’

प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न उपप्रधानमन्त्री ईश्वर पोखरेल बुधबार अस्पताल पुगेका थिए प्रधानमन्त्रीको स्वास्थ्यावस्थालाई ध्यानमा राखेर अस्पतालले भेटघाट कम गर्न आग्रह गरेको छ ।

अस्पतालले बुधबार बेलुका जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यबारे आवश्यक परीक्षण पूरा भएपछि उनी निवास फर्कने जनाइएको थियो । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा बुधबार सो अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओली गत भदौ ५ देखि २० गतेसम्म सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी स्वदेश फर्केका थिए ।रासस

प्रतिक्रिया दिनुहोस