प्रधानमन्त्रीलाई अस्पतालमै बस्न चिकित्सकको आग्रह, आज अस्पतालमै रहने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीलाई अस्पतालमै बस्न चिकित्सकको आग्रह, आज अस्पतालमै रहने


१३ कार्तिक २०७६, बुधबार


काठमाडौँ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालमै रहने भएका छन्।

प्रधानमन्त्री ओलीलाई ग्राण्डी अस्पतालमै राखिने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि बिहान ९ बजे ग्राण्डी पुगेका प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन्।

पछिल्लो समय प्रधानमन्‍त्री बढी व्यस्त भएकोले धपेडीका कारण ज्वरोसँगै अन्य समस्या पनि देखिएपछि रगत, सुगर,रक्तचाप, क्रियटिनिनलगायतको परीक्षण भएको छ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरूले धेरै दौडधुप नगर्न सुझाव दिँदै आएका छन्। प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस