२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२९ करोड बक्यौता उठाउन बाँकी, लाइन काट्ने तयारी

अ+ अ-

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ ।

लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिए ।

गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।

विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट रु १५ लाख १४ हजार १९२, लाहान नगरपालिकाबाट रु तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट रु तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट रु एक लाख नौ हजार ५६१, जिल्ला वन कार्यालय लहानबाट रु ९७ हजार ८८८, जनता मावि बाखरबाट रु एक लाख २१ हजार २१४, मावि अयोध्यानगरबाट रु एक लाख ७३ हजार, ७६७, मावि बरियारपट्टीबाट रु एक लाख १२ हजार ८४७, मावि पिप्राबाट रु ८३ हजार, मावि पडरियाबाट रु ६४ हजार २७५ बक्यौता असुल्न बाँकी रहेको छ ।

यस्तै हेल्थपोष्ट सीतापुरबाट रु ७६ हजार ७३०, हेल्थपोष्ट छपरारीबाट रु ४५ हजार, नेपाल रेडक्रस सोसाइटी दहीपुरबाट ७८ हजार ३४६, कोल्ड चेञ्जरबाट रु दुई लाख २८ हजार ३३१, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट रु एक लाख ८ हजार ७००, इलाका हुलाक कार्यालय भगवानपुरबाट रु ५५ हजार, कृषि सेवा केन्द्र भगवानपुरबाट रु ८३ हजार ९६८, कृषि सेवा केन्द्र धनगढीबाट रु ७० हजार १२० बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ ।

विद्युत् महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ । पटक–पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दासमेत लामो समय महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटिने प्रमुख यादवले बताए ।

प्रतिक्रिया दिनुहोस