दीपावलीमा बालेको वत्तीले घर जल्यो, चार वर्षीय बालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दीपावलीमा बालेको वत्तीले घर जल्यो, चार वर्षीय बालकको मृत्यु


११ कार्तिक २०७६, सोमबार


उर्लाबारी । मोरङ पथरी शनिश्चरे नगरपालिका- ५ कोठेबारीमा दीपावली गर्न बालेको दियोबाट घर जल्दा चार वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे १० बजे कोठेबारीका युवराज गिरीको घरमा आगलागी हुँदा उनका चार वर्षीय छोरा युसनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। घरमा सुतिरहेका युसनको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो।

आगोमा जलेर टिनको छानो भएको एक तले घर पनि पूर्णरुपमा नष्ट भएको छ। घरभित्र रहेको नगद ९५ हजार, तीन तोला सुनका गहना, तीनतोला चाँदीका गहना, लत्ता कपडा पनि नष्ट भएको पीडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। स्थानीयवासी र प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले करिब एघार बजेतिर आगो नियन्त्रणमा लिएका थिए।

दीपावली मनाउने क्रममा भएको आगलागीको घटनामा परी ज्यान गुमाएका बालक युसनप्रति जिल्ला प्रहरी कार्यालय मोरङले श्रद्धाञ्जली व्यक्त गरेको छ। प्रहरीले तिहारको बेला घर झिलिमिली पार्दा हुन सक्ने आगलागीका घटनाप्रति सुरक्षा सजगता अपनाउनसमेत अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस