२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराकमा सरकार विरोधी प्रदर्शन, मृत्यु हुनेको संख्या ७४

अ+ अ-

बग्दाद । इराकमा भइरहेको सरकार विरोधी पछिल्लो आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा भएको झडपमा परी अरु ३६ सय भन्दा बढी घाइते भएका छन् ।

आन्दोलनकारीहरुले बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक सेवाको बेथितिलगायतका विरुद्धमा केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।

मानव अधिकारका लागि इराकी स्वतन्त्र उच्च आयोग (आइएचसीएचआर)का सदस्य अली अल बायतीले यही अक्टोबर २५ देखि २७ सम्म सुरक्षाकर्मी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिए ।

मृत्यु भएका मध्ये अधिकांशको मृत्यु गोली लागेर भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीहरुको केन्द्रीय कार्यालयमै आक्रमणको प्रयास गरेका थिए ।

अल बायातीले प्रदर्शनकारी र सुरक्षाकर्मी गरी कुल ३ हजार ६५४ जना घाइते भएको जानकारी दिए । घाइतेहरुलाई भने अश्रुग्यासको असर धेरै देखिएको छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

तीन दिने प्रदर्शनको अवधिमा ९० ओटा भवन जलेका छन् भने अरु पनि धेरै घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, साउण्ड बम, लठ्ठी आदि प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले केन्द्रीय राजधानी बग्दादसहित अन्य मुख्य सहरहरुमा पनि प्रदर्शन गरेका थिए ।

सरकार विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीहरुले बिहानैदेखि प्रदर्शन गरेका थिए । उनीहरुले लगातार निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

धि क्वार, बार्सा, मायसान, डिवानीया, मुथान्न, कार्बाला, वासित र नाजाफलगायतका ठाउँमा प्रदर्शन भएको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले अहिलेको अवस्थामा परिवर्तन हुनु पर्ने, भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, रोजगारी सृजना गर्नुपर्ने लगायतका माग गरेका छन् ।रासस/सिन्ह्वा