२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति प्रशंसा निशानबाट दश सैनिक सुशोभित

अ+ अ-

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति प्रशंसा निशानबाट’ नेपाली सेनाका विभिन्न दर्जाका दश सैनिकलाई सुशोभन गरे । बेलायतको बेल्स ब्रेकनमा विसं २०७६ असोज २४ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालित ‘एक्सरसाइज कम्बरियन पेट्रोल २०१९’ मा अभ्यासमा सहभागी भई स्वर्णपदक विजेता अधिकृत, पदिक तथा अन्य दर्जालाई उनले सो निशान प्रदान गरेका हुन् ।

बेलायत, नेपाल र विश्वका ३४ देशका १४० सैन्य टोलीको सहभागिता रहेको सो सैन्य अभ्यासलाई विश्वस्तरीय मानिन्छ । नेपाली सेनाले सन् २०१४ देखि सो अभ्यासमा सहभागिता जनाउँदै आएको थियो । बेलायतले सन् १९६० देखि सो अभ्यास सञ्चालन गर्दै आएको छ । सो निशान प्राप्त गर्नुहुनेमा प्रमुख सेनानी असीमदीप गुरुङ, सहसेनानी कसम श्रेष्ठ, जमदार वसन्त रावत, हुद्दा निरोज अधिकारी, प्युठ युविन अम्गाई, प्रदीपकुमार दर्लामी, अर्जुन मोक्तान, ध्रुव अधिकारी, सिपाही कौशल भुजेल र सन्तोष श्रेष्ठ छन् ।

आज नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले ती सैनिकलाई प्रशंसा निशान प्रदान गर्दै नेपाली सेनाको गौरममय इतिहासलाई विश्वसामु जीवन्तरूपमा परिचित गराउन अहम् भूमिका खेलेकामा स्वर्णपदक विजेता सैनिकलाई धन्यवाद एवं बधाई दिए । उनले भने, ‘अत्यन्त कठिन र चुनौतीपूर्ण अभ्यासमा खरो र प्रतिस्पर्धात्मकरूपमा उत्रिइ चुनौतीलाई दृढतापूर्वक सामना गरी उच्च सफलता प्राप्त गर्नु नेपाली सेनाको इतिहास रहिआएको छ । यो इतिहासलाई आगामी दिनमा पनि कायम राख्नुपर्छ ।’

सो अभ्यासमा विशेषगरी युद्धकालीन विशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिन्छ । यसमा विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले दुई दिनभित्रमा हतियार तथा करीब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा खटिनुपर्छ ।

निर्धारित स्थानहरूसम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, बिस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमतालगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेतका अनेकन दक्षताहरूको परीक्षण अभ्यासमा क्रममा गरिन्छ । सो अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोली सहभागी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस