प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै


७ कार्तिक २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै छन् । उनी अजरबैजानको बाकुमा असंलग्न आन्दोलनको १८ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन् । कात्तिक ८ र ९ मा हुने राष्ट्रप्रमुखको बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली अजरबैजानमा रहँदा त्यहाँका राष्ट्रपति इलहाम अलिएभले कात्तिक ८ गते आयोजना गर्ने स्वागत तथा रात्रिभोजमा सहभागी हुनेछन् । उनले कात्तिक ९ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिमण्डलका प्रमुखसँग दुइपक्षीय हितका विषयमा छलफल गर्नेछन्। उनी कात्तिक १० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस