प्रवक्ता सुवेदी सचिवमा बढुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रवक्ता सुवेदी सचिवमा बढुवा


६ कार्तिक २०७६, बुधबार


काठमाडौं। गृह मन्त्रालयका वरिष्ठ सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदी विशिष्ट श्रेणी(सचिव) मा बढुवा भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रवक्ता सुवेदीलाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा एक साताअघि बसेको सचिव वढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि सुवेदीसहित बालकृष्ण घिमिरे र दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।

सिफारिस सूचीमा १ नम्बरमा रहेका सुवेदीलाई सरकारले सचिवमा बढुवा गरेको हो ।

सचिवमा बढुवा भएका सुवेदी प्रष्ट र निर्भिक प्रशासकका रूपमा चिनिन्छन्। बढुवा भएका सुवेदीको पदस्थापन भने गरिएको छैन । सम्भवतः उनलाई अर्थ मन्त्रालयमा रिक्त रहेको राजस्व सचिव पदमा पदस्थापना गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस