२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको अन्तर्राष्ट्रिय समुदायद्वारा सराहना : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अङ्गीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्‍याउँदै अन्तर्राष्ट्रिय समुदायले त्यसको सराहना गरेको बताएका छन् ।

नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आज बालुवाटारमा आयोजित कार्यक्रममा उनले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रियरुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको जानकारी गराए ।

‘हामीले तय गरेको राष्ट्रिय आकाङ्क्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेका हौ’, उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धिलाई पहिचान गर्न थालेको छ । भोलीका दिनमा नेपालको संविधानले अझ ठूला सम्मान प्राप्त गर्नेछ ।’

प्रधानमन्त्री ओलीले युवा परिचालनसम्बन्धी कानूनी व्यवस्था र त्यसको व्यावहारिक पक्षलाई समेत मूल्याङ्कन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिए । संविधानमा युवा सहभागिता, सशक्तीकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायतका कानूनी व्यवस्था उदारणीय भएकोले नेपाललाई सो अवार्ड दिइएको वल्र्ड फ्युचर काउन्सिलले उल्लेख गरेको छ ।

युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकारबारेको उपलब्धि भनिएको छ । सर्बियाको राजधानी बेलग्रेडमा हालै आयोजित अन्तर–व्यवस्थापिका संघ (आइपीयसु)को १४१औँ सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्णरुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

आइपियु, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र वल्र्ड फ्युचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपाललगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो ।

सो अवार्ड आइपियुमा सहभागी नेपालको संघीय संसद्को प्रतिनिधिमण्डलको नेतृत्व गरेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमकाबीच ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस