२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पुनःनिर्माण’ले नछोएका ८३ विद्यालय

अ+ अ-

काभ्रेपलाञ्चोक । भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयमध्ये ८३ विद्यालयलाई अहिलेसम्म पुनःनिर्माण योजनाले छोएको छैन । पुनःनिर्माण योजनाले नछोएका अधिकांश विद्यालयका विद्यार्थी अस्थायी छाप्रोमा पढ्न बाध्य छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग दाताले दिएको रकम सम्झौता गर्न ढिलाइ हुनु, विद्यालयका लागि उपुयक्त जमीन प्राप्त गर्न नसक्नु, विद्यालय छनोटमा ढिलाइ हुनु तथा विभिन्न प्राविधिक कठिनाइका कारण ८३ विद्यालयको पुनःनिर्माणको काम शुरु नभएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । “भौगोलिक विकटता, दक्ष कामदारको अभावले पनि पुनःनिर्माणमा प्रतिकूल प्रभाव परेको छ”, एकाइ प्रमुख द्वारिका पोखरेलले भने ।

जिल्ला शिक्षा विकास तथा समन्वयबीच बजेटमा एकरुपता नहुनु तथा अभिभावकमा चासो–चिन्ता नदेखिनु अर्को प्रमुख कारण रहेको पोखरेलले बताए । उनका अनुसार पुनःनिर्माण थालिएको चार वर्षमा जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये ६० प्रतिशत विद्यालयको पुनःनिर्माणको काम सकिएको छ । पोखरेलले भने, “निर्माणाधीन विद्यालयका काम हाल तीव्रताका साथ भइरहेको छ ।”

भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ । निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको एकाइको तथ्याङ्कले देखाएको छ । काभ्रेपलाञ्चोकका सामुदायिक विद्यालयको पुनःनिर्माण योजनामा सेभ द चिल्ड्रेन, इको हिमाल, नाङ्साल एशोसिएसन, नेपाल एण्ड बीओल्ड युनिसेफ चायल्ड स्पेस फाउण्डेशन, हेल्थ एण्ड एजुकेशन फर अल, एक्सन एड तथा भारतीय दूतावासलगायतले सहयोग गरेका छन् ।

मण्डन देउपुर नगरपालिका र महाभारत गाउँपालिकामा पूर्ण क्षति भएका विद्यालयको पुनःनिर्माणको काम आउँदो विसं २०७७ भित्र सक्ने योजना छ । एकाइका अनुसार हाल धुलिखेल नपामा ५०, पाँचखाल नपामा ७५, पनौती नपामा ६५, नमोबुद्ध नपामा ६५, बनेपा नपामा ६० प्रतिशत विद्यालयको पुनःनिर्माण भएको छ । यस्तै, खानीखोला गाउँपालिकामा ८०, चौँरीदेउराली गाउँपालिकामा ७०, रोशी गाउँपालिकामा ७०, भुम्लु गाउँपालिकमा ७०, बेथानचोक गाउँपालिकामा ६० र तेमाल गाउँपालिकामा ६५ प्रतिशत सामुदायिक विद्यालयको पुनःनिर्माणको काम सकिएको हो ।

अठ्ठाइस विद्यालय एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएका छन् । नेपाल सरकार तथा दाताबाट निर्माण सम्पन्न भएका विद्यालय हस्तान्तणको काम पनि भइरहेको पोखरेलले बताए । जिल्लाका कूल ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन् । ती विद्यालयमा हाल ७७ हजार ८५४ विद्यार्थी अध्ययनरत छन् । रासस

प्रतिक्रिया दिनुहोस