२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिनापानीका कारण चार करोड बढीको क्षति

अ+ अ-

गलेश्वर । गत असोज २१ गते बडादशैँका दिन परेको भीषण असिनापानीका कारण म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका गरी तीनओटा वडामा रु चार करोड बढीको क्षति भएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा, सानालेक, फापरखेत, मङ्गाला गाउँपालिका–१ को थाइबाङ र सोही गाउँपालिकाको वडा नं ३ बरन्जामा दशैँमा भीषण असिना पानी परेको थियो ।

कृषि ज्ञान केन्द्र म्याग्दीले विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई समेत समेटेर असिनाले क्षति पुर्‍याएका तीनवटै वडामा स्थलगत अनुगमन गरी क्षतिको विवरण सङ्कलन गरेको हो । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाका अनुसार असिनापानीबाट तीनवटै वटाका ८५५ घरधुरीका कृषकको पाँच हजार ६५७ रोपनी क्षेत्रफलमा लगाएको चार करोड एक लाख ४१ हजार ९०५ रुपैयाँ बराबरको धान, कोदो र दलहन, लहरेबाली र तरकारीको क्षति भएको छ ।

कृषि ज्ञान केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार असिनाले सबैभन्दा बढी क्षति बेनी नगरपालिका–२ ज्यामरुककोटमा गरेको छ । ज्यामरुककोटका ४२० घरधुरी कृषकको रु दुई करोड १७ लाख दुई हजार ६००, बरन्जाका ३२० घरधुरी कृषकको रु एक करोड ३३ लाख ५८ हजार १६० र थाइवाङका ११५ घरधुरी कृषकको रु ५० लाख ८१ हजार ४५ मूल्य बराबरको बर्खे बालीमा क्षति पुगेको छ ।

तथ्याङ्कअनुसार २ हजार ७४२.२ रोपनीमा धान, एक हजार ६८८. ५ क्षेत्रफलमा लगाएको कोदो र एक हजार २२६ रोपनीमा लगाएको सिमीमा क्षति गरेको छ ।

सङ्कलित विवरण एकीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकबाट निर्णय गरी राहतका लागि मन्त्रालयमा पठाइएको कोइरालाले बताए । केन्द्रका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिसहितको टोली असिनापीडित कृषकको खेतबारीमै पुगेको थियो । रासस