२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा न्यायिक समिति सशक्त बन्नुपर्दछ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा संघीयता सफलताका लागि न्यायिक समिति सशक्त बन्नुपर्ने बताएका छन् ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपाल र कानून तर्जुमा सहजीकरण समिति गण्डकी प्रदेशद्वारा संयुक्तरुपमा आज आयोजित ‘स्थानीय तहमा कानून तर्जुमासम्बन्धी प्रशिक्षण’ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले राज्यको परिवर्तित सन्दर्भका आधारमा कानून निर्माण गरिनुपर्ने बताए ।

संविधानको सफल कार्यान्वयनका लागि ऐन कानून निर्माण गर्दा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र एकरुपता हुनुपर्नेमा जोड दिँदै उनले कानून निर्माण गर्दा जनभावना र भूगोललाई समेत आधार बनाइनुपर्ने बताए ।

स्थानीय तहमा अझै पनि सही ढङ्गले कानून निर्माण हुन नसकेको बताउँदै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्नका लागि प्रशिक्षण सहयोगी बन्ने विश्वास व्यक्त गरे। ‘समृद्ध नेपाल सुखी नेपाली’ सरकारको अभियानलाई सफल बनाउनका लागि स्थानीय तहले योजना तर्जुमा गर्दा राष्ट्रिय योजना आयोगले बनाएको १५ वर्षीय योजना तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राख्नुपर्नेमा उनको जोड थियो ।

स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समिति गण्डकी प्रदेश संयोजक एवं प्रदेश महान्याधिवक्ता डा. राजेन्द्र घिमिरेले प्रशिक्षणले स्थानीय तहमा ऐन कानून निर्माणका लागि क्षमता र ज्ञान प्रदान गर्ने बताए । राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालका नायब महानिर्देशक केदार पौडेलले मुलुकको नयाँ संरचनाअनुसार कानून निर्माणलाई सहज बनाउन प्रशिक्षण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

चार दिनसम्म सञ्चालन हुने सो प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाका स्थानीय तहका न्यायिक समितिका पदाधिकारी एवं सम्बन्धित कर्मचारीको सहभागिता रहेको छ ।