घाँस काट्न गएका ९० वर्षीय वृद्धको डुबेर मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घाँस काट्न गएका ९० वर्षीय वृद्धको डुबेर मृत्यु


५ कार्तिक २०७६, मंगलबार


इटहरी । इटहरी–२० तरहराको तरहरा प्रहरी चौकीनजिकै निर्माणाधीन छ लेन सडकको कल्र्भटमा डुबेर आज एक जनाको मृत्यु भएको छ । हाँसपोसा सामुदायिक वन पछाडि बसोबास गर्दै आएका ९० वर्षीय झपडबहादुर बस्नेतको डुबेर मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

तरहराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको खेतमा घाँस काट्न जाँदा लडेर सडकको नालामा डुबेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शव फेला परेको थियो ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस