५ किलो चरेससहित महिला पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

५ किलो चरेससहित महिला पक्राउ


४ कार्तिक २०७६, सोमबार


घुससहित रंगेहात पक्राउ

रुकुमपुर्व । प्रहरीले एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका –१२ को क्युबाङबाट २७ वर्षीया शीला सुनारलाई उक्त परिमाणको चरेससहित पक्राउ गरेको हो ।

सोही ठाउँको गर्खानीबाट क्युवाङतिर लैजाँदै गरेको चरेस गएराति प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी चरेससहित महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । सुनारलाई आज २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस