२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनले नेपाललाई १ सय ५० मिलियन युआन बराबरको सैन्य सामग्री दिने सम्झौता

अ+ अ-

काठमाडौं । चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आज बेइजिङ्मा हस्ताक्षर भएको हो ।

चीनका राष्ट्रपति सी चीनफिङको गत असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ ।

गत वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा छ ।

हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पुर्‍याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए । उनले चीनले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर पुर्‍याउँदै आएको सहयोगका लागि चीनसरकारप्रति धन्यवाद व्यक्त गरे।

नेपाल–चीनबीचको मित्रतालाई प्रवर्द्धन गर्ने कुरा दुई देशका जनताको विकास, समृद्धि र पारस्परिक हितलाई प्रवर्द्धन गर्ने साझा उद्देश्यमा केन्द्रीत रहेको कुरा पनि उनले भेटवार्ताका क्रममा राखे । नेपाल एक चीननीतिको पक्षमा सदैव प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपालले आफ्नो भूमि तथा सीमा नाकामा छिमेकी मुलुक विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको कुरा राखे ।

चीनका रक्षामन्त्रीले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमुधर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्दै उहानमा आयोजित सातौँ मिलिटरी वल्ड गेम र बेइजिङमा आयोजना हुन गइरहेको नवौँ सियाङ्गसन फोरममा नेपालबाट उच्चस्तरमा भएको सहभागिताका लागि चीन सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

उनले नेपालको आर्थिक, सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउन पाएकोमा चीनको तर्फबाट प्रसन्नता व्यक्त गरे । चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सौहार्द्रपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उनले नेपाली सेनाको क्षमता विकासका लागि चीन सरकार सदैव सकारात्मक रहेको विचार व्यक्त गरे ।

वार्ताका क्रममा चीनका राष्ट्रपतिबाट हालसालै भएको नेपालको राजकीय भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउन सहयोग पुगेको बताउँदै उनले चीनका रक्षामन्त्रीलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिए । चीनका रक्षामन्त्रीले सो निमन्त्रणा सहर्ष स्वीकार गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जनाएको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनका रक्षामन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पोखरेल नेतृत्वको टोली हाल बेइजिङमा छ । भेटवार्तामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली सेनाका रथी गौरव तण्डुललगायतको उपस्थिति थियो ।