दरबन्दी दश कर्मचारी दुई, कारागार व्यवस्थापनमा समस्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दरबन्दी दश कर्मचारी दुई, कारागार व्यवस्थापनमा समस्या


२ कार्तिक २०७६, शनिबार


गुल्मी । गुल्मी जिल्लाको कारागारमा दश जना कर्मचारीको दरबन्दी भएपनि कर्मचारी दुईजनामात्रै कार्यरत छन् ।

कार्यालय प्रमुख, नायब सुब्बा, खरिदार, सह–लेखापाल, अहेब, कम्प्युटर अपरेटरको एक एक जनाको दरबन्दी र चार कार्यालय सहयोगीको दरबन्दी छ।

कारागारमा अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र रहेकोजनाइएको छ । चार जना करारका कार्यालय सहयोगी छन्।

कर्मचारीको अभावले कैदीबन्दीको खानपान र अन्य व्यवस्थापनमा समस्या भएको छ । अहिले कारागारमा नायब सुब्बाको पत्र आएको भएपनि कर्मचारी आइनपुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस