२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुस्तौँ पछि बलम्बुका १११ जनालाई लालपुर्जा !

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिका स्थित बलम्वुका स्थानीयवासीले पुस्तौँ-पुस्ताको प्रतीक्षा पछि जग्गाधनी प्रमाणपत्र पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् ।

सरकारले २०२१ सालको नापीको समयमा साबिक बलम्वु गाउँ विकास समितिको गाउँ ब्लकको रूपमा राखेको बलम्वु देःपखामा पुनः नापी गरी सम्बन्धित जग्गा धनीलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरेको हो।

चन्द्रागिरि नगरपालिका वडा-१२, बलम्वु स्थित गाउँ ब्लक अर्थात् देःपखाका १ सय ११ जना स्थानीयले जग्गा धनी प्रमाणपत्र लालपुर्जा प्राप्त गरेका छन्। घर बनाएर बसे पनि जग्गाधनी पुर्जा विहीन बनेर बसेका बलम्वुका स्थानीयबासीले पुस्तौपुस्ताको प्रतीक्षापछि लालपुर्जा हात पारेका हुन् ।

सरकारले २०२१ सालमा नापीको समयमा घनावस्ति रहेको स्थान बलम्वुलाई ब्लक एरियाको रूपमा छोडिएकोमा पुन: नापी गरेर जग्गाधनी प्रमाणपत्र पुर्जा दिन थालेपछि स्थानीयले आ-आफ्नो घर जग्गाको दर्ता प्रमाण पत्र पुर्जा पाएका हुन् ।

काठमाडौँको कलङ्की मालपोत कार्यालयका नापी शाखा प्रमुख सुरेश जोशीले ब्लकमा राखिएका यस्ता जग्गा पुनः नापी गरेर घर जग्गाको दर्ता प्रमाण पत्र पुर्जा वितरण गर्न सुरु गरिएको र यसै आर्थिक वर्षभित्र यस्ता सबैको वितरण सक्ने गरी काम अगाडी बढेको बताएका छन्।

चन्द्रागिरि नगरपालिका वडा-१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले आफू निर्वाचित भएदेखि नै यस कार्यमा लागि परेको र आज यस कार्यक्रमसम्म आउन चन्द्रागिरि नगरपालिकाबाट पनि पूर्णरुपमा सहयोग प्राप्त भएको बताए । बलम्बु गाउँ देःपखा भित्रको २ सय भन्दा बढीको नापी भएर दर्ता प्रक्रिया टुङ्गिएको छ र बाँकी अन्य यस्ता जग्गाहरूको पनि छिट्टै वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घन श्याम गिरीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको केन्द्रमा रहेको बलम्वुको विकासको लागि आफू सधैँ लागिपरेको बताएका छन् । चन्द्रागिरि नगरपालिका भित्र बलम्वु मात्र नभई अन्य वडाका निश्चित वडाबासीले पनि आ–आफ्नो जग्गाधनी दर्ता प्रमाण पत्र पाउन अझै बाँकी छन्, यस सम्बन्धमा पाउनुपर्ने सबैले आ-आफ्नो जग्गा धनी दर्ता प्रमाण पत्र पुर्जा यथाशीघ्र छिटो पाउन भन्ने हेतुले नगरपालिकाले पुर्णरुपमा पहल गर्दै गरेको बताएका छन्।

नगर प्रमुख गिरीले बलम्वुको लागि अबको प्रमुख आवश्यकता भनेको खानेपानीको सहज वितरण हो, निकट भविष्यमा नै वडा(१२ कार्यालयको नीति अनुरूप एक घर एक धारा व्यवस्था गर्न सफल हुने विश्वस्त पारेका छन् । उनले यसका लागि चन्द्रागिरि नगरपालिकाले गर्नुपर्ने सबै सहयोग उपलब्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त अवसरमा ‘जेष्ठ नागरिकलाई सबैले माया गर्नुपर्छ’भन्ने हेतुले चन्द्रागिरि नगरपालिका-१२ बलम्वुको तर्फबाट वडाध्यक्ष प्रकाश श्रेष्ठले स्थानीय ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा(ज्याकेट) उपहार सहित सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस