रक्षामन्त्री पोखरेलद्वारा सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी नेपाली सैनिक खेलाडीहरुसँग भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रक्षामन्त्री पोखरेलद्वारा सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी नेपाली सैनिक खेलाडीहरुसँग भेटवार्ता


१ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलद्वारा मित्रराष्ट्र चीनको उहान शहरमा हुन गईरहेको सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता (7th CISM Military World Games) मा सहभागी नेपाली सैनिक खेलाडीहरुबाट तयारी बारे जानकारी लिएका छन् ।

उक्त अवसरमा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सहभागी खेलाडीहरुलाई शुभकामना दिर्दै खेलाडीहरुलाई हौसला प्रदान गरेका छन् ।

सम्बोधनको क्रममा नेपाली सेनाले खेलको माध्यमबाट नेपाललाई विश्‍वमा चिनाउन सफल भएको भन्दै प्रशंसा गरेका छन् । मित्रराष्ट्र चीनका रक्षा मन्त्री General Wei Fenghe,को निमन्त्रणामा चीन भम्रणमा रहेका उपप्रधान तथा रक्षामन्त्री पोखरेल भव्य समारोहका बीच हुन गईरहेको सातौं विश्‍व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता(7th CISM Military World Games) उद्‍घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

उक्त अवसरमा नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल, उपरथी शशीचन्द्र बहादुर सिंह लगायत अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस