जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु


२९ आश्विन २०७६, बुधबार


भीमदत्तनगर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा आज दिउँसो बोहरालाई जंगली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

‘घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै मृत्यु भएको देखिन्छ’ प्रहरी सहायक निरीक्षक पन्तले भने । केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस