नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेकपाका सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी


२९ आश्विन २०७६, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ पुर्जी जारी गरेको हो।

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै उनीविरुद्ध खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस