२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कात्तिकमा

अ+ अ-

काठमाडौं । आगामी कात्तिक २६ देखि २८ गतेसम्म नेपालमा आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा आप्रवासी कामदारको मानवअधिकारको संरक्षण, रोजगारीको सुनिश्चितता, काम गर्ने वातावरणको बारेमा छलफल गर्न सम्मेलनको आयोजना गर्न लागिएको हो ।

सम्मेलनको तयारीबारे आज राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारी र गृह मन्त्रालयका सचिव प्रेमकुमार राईबीच छलफल भएको छ । छलफलमा सम्मेलनका सहभागीहरुको सुरक्षा तथा प्रवेषाज्ञा प्रक्रियालगायत अन्य आवश्यक व्यवस्थापन सम्बन्धमा मन्त्रालयका सचिव राईलगायतको टोलीसँग कुरा भएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।

छलफलमा आयोगका सदस्य सुदीप पाठकले सम्मेलनमा सहभागी हुन आउने सम्पूर्ण विशिष्ट व्यक्तित्वहरुको सुरक्षा, प्रवेषाज्ञा प्रक्रियाका लागि आवश्यक व्यवस्था मिलाउन सचिव राईसँग आग्रह गरे । सो क्रममा गृहसचिव राईले सम्मेलनमा सहभागीहरुको सुरक्षा, प्रवेषाज्ञा प्रक्रिया सम्बन्धमा आवश्यक सहयोग गर्ने बताए ।

आयोगका सदस्य पाठकका अनुसार सम्मेलनमा विभिन्न देशका मानवअधिकारमा काम गर्ने राष्ट्रिय संस्थाको अन्तरराष्ट्रिय सङ्गठन ‘ग्लोबल एलाइन्स फर नेशनल ह्युमन राइट’ का अध्यक्ष, मानवअधिकार राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी निकायका प्रतिनिधिहरु, विज्ञ र नागरिक समाजका प्रतिनिधिसहित ३२ देशका ४५ जना विदेशी र नेपालका ४५ जनाको सहभागिता हुने जनाइएको छ । सम्मेलन यसअघि सन् २०१२ मा समेत आयोजना गरिएको थियो ।रासस