बढीभन्दा बढी नाकाहरु खोल्छौँ : राष्ट्रपति सी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बढीभन्दा बढी नाकाहरु खोल्छौँ : राष्ट्रपति सी


२५ आश्विन २०७६, शनिबार


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बढीभन्दा बढी नाकाहरु खोल्ने प्रतिबद्धता जनाएका छन्।

अरनीको राजमार्ग सञ्चालन गर्ने सुनिश्चित गर्दै राष्ट्रपति सीले केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग गर्ने बताएका छन् ।

उनले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न मद्दत गर्ने बताएका छन् ।

शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले सीमापारीको रेल सम्भाव्यता अध्ययन सुरु गर्ने बताउँदै नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस