काभ्रेमा निशान गाडी दुर्घटना : तीनको मृत्यु, १५ जना घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काभ्रेमा निशान गाडी दुर्घटना : तीनको मृत्यु, १५ जना घाइते


२४ आश्विन २०७६, शुक्रबार


बस दुर्घटना

बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज साँझ तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए।

मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्को यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस