महरा सांसदबाट निलम्बन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महरा सांसदबाट निलम्बन


२३ आश्विन २०७६, बिहिबार


काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्ण बहादुर महरा निलम्बनमा परेका छन् ।

संघीय संसद्को प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको सूचना टाँस गरेसँगै उनको सांसद पद निलम्बनमा परेको हो ।

संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । संघीय संसद्को प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी सूचना टाँसेर गराएको छ । अब उनको सेवा सुविधा पनि रोक्का हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस