विश्वकप छनौट : २३ मिनेटमा नेपालविरुद्ध अष्ट्रेलियाको तीन गोल - प्रशासन प्रशासन

विश्वकप छनौट : २३ मिनेटमा नेपालविरुद्ध अष्ट्रेलियाको तीन गोल


प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार १५:५५

काठमाडौं । विश्वकप छनोटमा अष्ट्रेलियाले नेपालविरुद्ध तीन गोलको अग्रता लिएको छ । जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा नेपालले २३ मिनेटभित्र तीन गोल खाएको छ ।

घरेलु टोलीले छैटौं मिनेटमा नै अग्रता लिएको छ । उसका लागि जेमी म्याकलारेनले गोल गरेका हुन् । खेलको १९ औैं मिनेटमा उनले नै दोस्रो गोल गरे । एकपक्षीय खेलको २३ औं मिनेटमा हृयारी सुटरले गोल गरे ।

Tags:

प्रतिक्रिया दिनुहोस