२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् चुहावट नियन्त्रण अभियान प्रभावकारी

अ+ अ-

तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ ।

गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी रु चार लाख ९२ हजार ४१२ राजस्व संकलन गरेको केन्द्रका प्रमुख दीपकजङ्ग चौधरीले बताए ।

विद्युत् चुहावट नियन्त्रणलाई कडाइ गर्न प्राधिकरणले दैनिक विशेष र छडके अनुगमन टोली खटाउँदै आएको छ । “चुहावट बढी भएको क्षेत्र हेरी दैनिक दुई टोली अनुगमनका लागि पठाएका छौं”, उनले भने, “विद्युत् चोरी गर्न प्रयोग गरेको सामग्रीसहित नियन्त्रणमा लिई कारबाही गर्ने गरेका छौं ।” चोरीमा संलग्न आफैं आएर आवश्यक जरिवाना तिर्ने गरेको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ३० दशमलव ८६ प्रतिशत विद्युत् चुहावट रहेको थियो भने गत आर्थिक वर्षमा २१ दशमलव ६८ प्रतिशतमा चुहावट नियन्त्रण गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १९ दशमलव ३० प्रतिशत प्रगति गर्न सफल भएको केन्द्रका प्रमुख प्रमुख चौधरीले बताए ।

उनका अनुसार, बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गत वर्ष गोलटाकुरी, फूलबारी र कचिलामा सबैभन्दा बढी विद्युत् चुहावट भएको थियो । स्थानीयवासीले विद्युत् पोलबाटै हुकिङ गरी लैजाने गरेको प्रमुख चौधरीले बताए । घरमा मिटर नै जडान नगर्ने तर विद्युत् चोरी गरी चलाउने गरेको भन्दै त्यस्ता उपभोक्तालाई कारवाही गर्न थालिएको उनको भनाइ छ ।

ग्राहकको सङ्ख्यामा वृद्धि
विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि जिल्लामा विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्यामा समेत वृद्धि भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष तीन हजार २३५ ग्राहकको सङ्ख्यामा वृद्धि भएको छ । आव २०७४/७५ मा ३५ हजार ७५६ ग्राहक सङ्ख्या रहेकामा गत आवमा यो सङ्ख्या ३८ हजार ९९१ पुगेको छ । अघिल्लो आवमा ग्राहस्थ्यतर्फ कूल ३४ हजार ९१४ ग्राहक सङ्ख्या रहेकामा गत वर्ष यसमा वृद्धि भई ३८ हजार ९४ पुगेको केन्द्रले जनाएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७४÷७५ मा व्यापारिकतर्फ १५५ ग्राहक रहेकामा गत आर्थिक वर्ष त्यसमा वृद्धि भई १६८ पुगेको छ भने गैह्रव्यापारिकतर्फ १६४ बाट बढेर १७०, औद्योगिकतर्फ ३४७ बाट बढेर ३७१, सिँचाइतर्फ ८० बाट बढेर ८६, खानेपानीतर्फ २८ बाट बढेर २९, मन्दिरतर्फ ३३ बाट बढेर ३४ रसामुदायिकतर्फ २९ बाट बढेर ३४ पुगेको केन्द्रले जनाएको छ ।