आज विजयादशमी, मान्यजनबाट टीका थापिँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आज विजयादशमी, मान्यजनबाट टीका थापिँदै


२१ आश्विन २०७६, मंगलबार


काठमाडौँ । हिन्दू धर्मावलम्बीले आज विजयादशमी धुमधामसँग मनाउँदैछन् । विजयादशमीका अवसरमा आज मान्यजनबाट टीका र जमरा थापी आशिर्वाद लिने परम्परा छ ।

नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्नका लागि १० बजेर ३५ मिनेटको साइत उत्तम रहेको छ । दशैँको टीका पूर्णिमासम्म थाप्ने प्रचलन छ ।

असत्यमाथि सत्यको जीतको खुसीयालीमा विजयादशमी मनाइन्छ । शास्त्रीय मान्यता अनुसार त्रेतायुगमा भगवान रामले रावणमाथि विजय प्राप्त गरेको खुसीयालीमा विजयादशमी मनाइन थालिएको हो ।

दशैँमा गाउँ–सहरमा उल्लास छाएको छ । काम तथा पढाइका लागि बाहिरिएकाहरू पनि दशैँ मनाउन घर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस