सशस्त्र प्रहरीले दशैंको तीन दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सशस्त्र प्रहरीले दशैंको तीन दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने


१८ आश्विन २०७६, शनिबार


काठमाडौं । सशस्त्र प्रहरीले दशैंको तीन दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ८ बजेदेखि बस सेवा हुने छन् ।

दशैंको समयमा सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकोले सर्वसाधारणलाई आवतजावतमा सहजता पुर्‍याउन सशस्त्र प्रहरीले यो व्यवस्था गर्न लागेको हो ।

एउटा बस सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट यात्रुको सेवामा निस्कने छ । सो बसले ठूलो भर्‍याङ, बनस्थली, वालाजु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ ।

दोस्रो बस पनि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाटै निस्कने छ र त्यसले सितापाइला, कलंकी, बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ । त्यसमा यात्रा गर्नेहरुले भाडा तिर्नु नपर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

यस अघि नेपाली सेनाले पनि निःशुल्क बस सेवा स्ञ्चालन गरिने बताएको थियो । नेपाली सेनाले दशैंको दिन मात्रै निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस