प्रहरी कर्मचारीलाई महानिरीक्षक खनालको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरी कर्मचारीलाई महानिरीक्षक खनालको निर्देशन


१८ आश्विन २०७६, शनिबार


इन्टरपोल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सङ्गठन सुदृढीकरण र शृजनात्मक काममा लाग्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज प्रहरी अधिकृत तथा जवानलाई शान्ति सुरक्षा एवं समसामयिक विषयमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले दशैँ, दिपावली एवं छठपर्व तथा नेपाल संवत्को अवसरमा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेका हुन् ।

आफ्नो क्षमताको प्रदर्शन गर्दै जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले नागरिकको सेवालाई अझ बढी परिस्कृत गर्दै अगाडि बढ्न र अवाञ्छित गतिविधि नियन्त्रण गर्नतर्फ ध्यानाकर्षण गराए ।

नेपाल सरकारले लिएको लक्ष्यलाई आत्मसात् गर्दै त्रुटिरहित तवरले कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक खनालले ५ नम्बर प्रदेश तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख र मातहतको १६ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस