फोरजी सेवा ग्रामीणस्तरसम्म विस्तार हुनुपर्छः मन्त्री केसी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फोरजी सेवा ग्रामीणस्तरसम्म विस्तार हुनुपर्छः मन्त्री केसी


१६ आश्विन २०७६, बिहिबार


रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले नेपाल टेलिकमले शुभारम्भ गरेको फोरजी/एलइटी सेवा नेटवर्क सबै स्थानीय तहमा विस्तार हुनुपर्ने बतएका छन्।

टेलिकमको बुटवल शाखामा बुधबार आयोजित कार्यक्रममा उनले प्रदेशमा फोरजी/एलइटी सेवा विस्तारले प्रदेश सरकारलाई तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरे ।

मन्त्री केसीले प्रदेशमा यसै वर्षदेखि ऐन बनाएर सूचना प्रविधि प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको पनि जानकारी दिए ।

टेलिकमका क्षेत्रीय निर्देशक सूर्यनारायण मालाकारले फोरजी/एलइटी सेवाको प्रयोगपश्चात स्वास्थ्य, शिक्षा, र समाजिक सेवा प्रवाहमा बृहत सुधार आउने बताए । उनले काठमाडौं र लुम्बिनीमा विशेष प्रविधि जडान गरिएको उल्लेख गर्दै लुम्बिनी क्षेत्रमा मात्र ४७६ वटा टेलिकमका टावर रहेको जानकारी दिए ।

बुटवल शाखा प्रमुख रञ्जित लोहियाले हिजोका टुजी र थ्रीजीसेवा भन्दा उच्च तहको सेवा फोरजी/एलइटी सेवा भएको बताउँदै यो सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभइ दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस