नीति र कानूनले मात्र बालविवाह अन्त्य गर्न सकिँदैन : मुख्यमन्त्री राउत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नीति र कानूनले मात्र बालविवाह अन्त्य गर्न सकिँदैन : मुख्यमन्त्री राउत


१५ आश्विन २०७६, बुधबार


लोक सेवा

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा चेतनाको अभिवृद्धि नभएसम्म नीति र कानून बनाएर मात्र बालविवाह अन्त्य नहुने बताएका छन् ।

जनकपुरमा आज आयोजित प्रदेशस्तरीय बालविवाह अन्त्यका लागि नीतिगत संवाद कार्यक्रममा उनले भने, ‘नीति कानून त धेरै पहिलादेखि नै छन् तर बालविवाह रोक्न सकिएको छैन, यसलाई रोक्न सामाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनुपर्दछ ।’

उनले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनाका साथै नीति तथा कानून कार्यान्वयको पक्षलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भइसकेको बताए । पछिल्लो एक वर्षमा प्रदेशभित्र भ्रूण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भइसकेको उनको कथन थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस