राष्ट्रपति सीको भ्रमणअघि निरीक्षणका लागि आयो चिनियाँ विमान « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राष्ट्रपति सीको भ्रमणअघि निरीक्षणका लागि आयो चिनियाँ विमान


१५ आश्विन २०७६, बुधबार


काठमाडौं । चिनियां राष्ट्रपति सी जिङफिङको नेपाल भ्रमणको तयारी दुवै मुलुकले तिव्रताका साथ अघि बढाएको छ । भ्रमणको तयारीकै लागी चिनियां टोली नेपाल आएको छ ।

विमास्थलस्रोतकाअनुसार विमानस्थलको अवस्था, उडान र अवतरण बारे पूर्व अभ्यासका लागि टोली बुधबार दिउंसो साढे एक वजे त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

बोइङ ७४७–८०० जहाज अवतरण भएसंगै विमानस्थलको उडान र अवतरण समेत केही समय प्रभावित भएको थियो । चिनियां राष्ट्रपति सी अक्टोम्बर १२ मा नेपाल भ्रमणमा आउने कार्यक्रम छ ।

टोलीले चिनियां राष्ट्रपति सी भ्रमणको क्रममा उडान तथा सुरक्षासम्बन्धी पूर्वअभ्यास गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस