२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

अ+ अ-

गलकोट । बागलुङ नगरपालिकाले २८ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले २९औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा २८ नागरिकलाई सम्मान हो ।

सम्मान कार्यक्रमको वडा नं ७ का अध्यक्ष खगराज पाण्डेयले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रत्येक वडाका एक महिला तथा एक पुरुष गरी १४ महिला र १४ पुरुषलाई नगद रु पाँच हजार, दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

“ज्येष्ठ नागरिकलाई हेला होइन, माया गरौँ भन्ने भावनाका साथ प्रत्येक वर्ष सम्मानको कार्यक्रम राखेका छौँ”, कुँवरले भने, “सम्मान प्राप्तपछि ज्येष्ठ नागरिक हर्षित छन् ।” नगरपालिकाले यस वर्ष ज्येष्ठ नागरिक सम्मानका लागि रु दुई लाख विनियोजन गरेको थियो । ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाबाट नगदसहित सम्मान पाउँदा निकै हर्षित भएको ज्येष्ठ नागरिक वडा नं २ का ९७ वर्षीय चन्द्रकुमार श्रेष्ठले बताए।

ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाले वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरेको थियो । स्वास्थ्य परीक्षणमा ज्येष्ठ नागरिकहरुको मधुमेह, उच्चरक्तचापलगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । मानव सेवा आश्रममा रहेकालाई फलफूलसमेत वितरण गरिएको थियो । यस्तै जिल्लाको गलकोट नगरपालिकाले ८५ वर्ष नाघेका पाँच ज्येष्ठ नागरिकलाई रु तीन हजारका दरले चाडपर्व भत्ता वितरण गरेको छ ।