आज दशैं अथवा नवरात्रीको चौथो दिन कुष्माण्डा माताको पूजा आराधना गरिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज दशैं अथवा नवरात्रीको चौथो दिन कुष्माण्डा माताको पूजा आराधना गरिँदै


१५ आश्विन २०७६, बुधबार


काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको आज चौथो दिन देवी कुष्माण्डा माताको पूजा आराधना गरी मनाइँदै छ । आजको दिन देशभरका शत्तिपीठ, देवी मन्दिर तथा घरघरमा देवी भवानी कुष्माण्डा माताको धुमधामसँग पूजा गरिन्छ ।

विभिन्न ग्रन्थहरुमा उल्लेख भएअनुसार देवी कुष्माण्डा माताको शुभकार्यको सुरुवात वा सृष्टिकी प्रतीकका रुपमा पूजा गरिने प्रचलन रहिआएको छ । माता कुष्माण्डा देवीलाई मानव, चराचुरुङ्गी, माछा, सर्प लगायतका प्राणीहरुको सिर्जना शक्तिको रुपमा लिइन्छ । माता कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाको लागि भगवान सूर्यलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र ग्रहहरुको रचना गरी सौर्यमण्डल बनाएको शास्त्रहरुका उल्लेख भएको पाइन्छ ।

माता कुष्माण्डा देवीको जूजा गर्न शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डोको बलिसमेत गरिन्छ । दशैंमा कुभिण्डोलाई देवीको प्रतिक मानेर पूजाआजा गन्छि ।

प्रतिक्रिया दिनुहोस