कर्मचारी र जन प्रतिनिधिले मदिरा सेवन गरे ५ हजार जरिवाना, दोस्रो पटक गरे दोब्बर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी र जन प्रतिनिधिले मदिरा सेवन गरे ५ हजार जरिवाना, दोस्रो पटक गरे दोब्बर


१५ आश्विन २०७६, बुधबार


काठमाडौँ । रुकुमको एक गाउँपालिकाले मदिरा सेवन गर्ने कर्मचारी र जन प्रतिनिधिलाई पाँच हजार जरिवाना गर्ने भएको छ ।

सानी भेरी गाउँपालिकाले मदिरा जन्य पदार्थ सेवन गरेको पाइएमा कर्मचारी, जन प्रतिनिधि तथा सर्वसाधारणलाई जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।

गाउँपालिका स्तरीय सुरक्षा समितिको बैठकले मदिरा सेवन गर्ने जन प्रतिनिधि तथा कर्मचारीलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

बैठकले विभिन्न समिति तथा सङ्गठनमा आबद्ध व्यक्तिहरूलाई ३ हजार र सर्वसाधारणलाई १ हजार ५ सय जरिवाना गर्ने निर्णय गरेको । यदि दोस्रो पटक उही व्यक्ति मदिरा सेवन गरेको भेटिएमा त्यसको दोब्बर जरिवाना तिर्ने गरी निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस