कांग्रेस र नेमकिपाले विकासको विरोध मात्रै गरे : सांसद बस्नेत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेस र नेमकिपाले विकासको विरोध मात्रै गरे : सांसद बस्नेत


१४ आश्विन २०७६, मंगलबार


भक्तपुर । सांसद महेश बस्नेतले नेपाली कांग्रेस र नेपाल मजदूर किसान पार्टीले विकासको विरोध मात्रै गरिरहेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाँगुनारायण–८ वडा कमिटीद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बस्नेतले विकासको विरोध गर्ने दलले चुनाव जिते विकास ठप्प हुने बताए । उनले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाबाहेक अन्य दलले चुनाव जिते विकासका लागि थप बजेट ल्याउन नसकिने बताए ।

‘भक्तपुरमा विकासका लागि व्यापक बजेट आएको छ, अहिले संघ, प्रदेश र स्थानीय तहमा नेकपाको सरकार भएको बेलामा बजेट ल्याउन सजिलो भएको छ’, उनले भने, ‘नेमकिपा र कांग्रेसले गर्न नसकेको विकास नेकपाले दुई वर्षमा गरेर देखाएको छ ।’

नेकपाका केन्द्रीय सदस्य एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले यहाँका हरेक वडामा रु १० करोडदेखि १५ करोडसम्मका योजना सञ्चालनमा रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपा जिल्ला कमिटी सचिव डिपी ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस